आइतबार, असार १५, २०८२

पोखराको प्राइम सहकारीकी उपाध्यक्ष पक्राउ

 |  बिहीबार, भदौ १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १३, २०८१

vianetvianet

पोखराको प्राइम बहुउदेश्यी सहकारी संस्थाकी उपाध्यक्ष दीपा कोइराला पक्राउ परेकी छन्। बचतकर्ताको रकम हिनामिना प्रकरणमा जोडिएकी ५६ वर्षीय कोइरालालाई कास्की प्रहरीले बिहीबार पक्राउ गरेको हो।

सहकारीको रकम हिनामिना गरेको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले जाहेरी दिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कोइरालालाई जिल्ला अदालत कास्कीमा पेश गरिएको छ। प्राइम सहकारी प्रकरणमा ३८ जना पक्राउ परेका छन्। तीमध्ये ९ जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ भने २९ जनालाई धरौटीमा छाडेको छ।

पोखरा महानगरपालिका– ४ गैरापाटनमा कार्यालय रहेको प्राइम सहकारीले एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२ रुपैयाँ ८५ पैसा रकम अपचलन गरेको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले गरेको अनुसन्धानले खुलाएको छ।
 

प्रकाशित: Aug 29, 2024| 20:28 बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्