शनिबार, जेठ १६, २०८३

महाकालीमा हामफालिन् किशोरी, खोजी जारी

 |  बिहीबार, भदौ १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १३, २०८१
National life
Shivam cement

दार्चुला सदरमुकामस्थित रिङ्नेताल क्षेत्रबाट किशोरीले महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छिन्। 

बिहीबार दिउँसो ४ बजेतिर नौगाड गाउँपालिका–४ सिप्टीकी १७ वर्षीया किशोरी ममता टमटाले रिङ्नेताल क्षेत्रबाट महाकालीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका  गाउँबाट सदरमुकाम आमासँगै आइरहेकी किशोरी महाकालीमा हाम फालेको हो।

महाकाली आसपासमा रहेका प्रहरी युनिटहरुलाई समेत बेपत्ता भएकी किशोरीको खोजी गर्न निर्देशन दिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
 

प्रकाशित: Aug 29, 2024| 20:23 बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्