काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले खर्चिलो र भड्किलो तीज कार्यक्रम गरे कारबाही गर्ने बताएको छ।
बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सूचना जारी गर्दै खर्चिलो र भड्किलो तीज कार्यक्रम गरे कारबाही गर्ने जानकारी दिएका हुन्।
तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला र भड्किला कार्यक्रमहरू नगर्न पनि प्रशासनले आग्रह गरेको छ।