शनिबार, चैत २१, २०८२

श्रीकेश तेल उत्पादकलाई दुई लाख जरिवाना 

 |  बुधबार, भदौ १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १२, २०८१

काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि आयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

National life

उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको हो।

तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले गत असार ७ गते कम्पनीसँग विवरण माग गरेको थियो। माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त नभएको र कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेख नपाइएको महानगरको प्रतिवेदनले औंल्याएको जनाइएको छ । इण्डष्ट्रीको नाममा प्राप्त भएको आइओइएस प्रमाणपत्र उत्पादित तेलमा प्रयोग गरिएको छ जुन गर्न नहुने प्रतिवेदनमा उल्लेख छ।

इण्डष्ट्रीले महानगरलाई उपलब्ध गराएको प्रयोगशाला प्रतिवेदनमा क्रमिक रुपमा सूक्ष्म जीवाणु परिमाण (माइक्रो बायोलोजिकल लोड, टोटल प्लेट काउन्ट) बढ्दै गएको देखिएको जनाएको छ। कपाल उमार्ने रासायनिक तत्वसम्बन्धी उत्पादकले स्वघोषणा गरेको ‘मिनोक्साइडिल’ उद्योगद्वारा प्रदान गरिएको परीक्षण प्रतिवेदनमा नभएको महानगरले जानकारी दिएको छ।

यसपछिको प्रक्रियाका लागि महानगरपालिकाले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ ।

kumari

shreekesh-1718343489.jpg
 

प्रकाशित: Aug 28, 2024| 21:35 बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्