शुक्रबार, भदौ ५, २०८३

कृष्णाष्टमीको मूर्ति सेलाउन गएका किशोरको डुबेर मृत्यु

 |  बुधबार, भदौ १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १२, २०८१

सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित त्रियुगा नदीमा डुबेर बुधबार एक किशोरको मृत्यु भएको छ। कृष्ण जन्माष्टमीको मूर्ति सेलाउन गएका सप्तकोशी नगरपालिका २ सत्यनारायण टोलका १८ वर्षीय रोमन धामीको नदीमा डुबेर मृत्यु भएको हो।

मूर्ति सेलाउन जाँदा डुबेका धामीलाई स्थानीयवासीले खोजतलास गर्दा एक घन्टापछि फेला पारेका थिए। उपचारका लागि सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा चिकित्सकहरूले धामीलाई मृत घोषणा गरेका हुन्।

प्रकाशित: Aug 28, 2024| 14:35 बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्