शुक्रबार, पुस ४, २०८२

सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

 |  बुधबार, भदौ १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १२, २०८१

दार्चुला- आज बिहान सुक्खा पहिरो खसेर महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर-खलंगा सडकको मालिकार्जुन गाउँपालिका-८ मेलखेत धामीगाडामा सडक अवरुद्ध भएको छ।

National life

सडक अवरुद्ध हुँदा यातायात साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ। लोकमार्गका विभिन्न स्थानमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको हो।

पहिरोका कारण जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन्। दार्चुलाबाट महेन्द्रनगर, काठमाडौं जाने दिवा तथा रात्रिसेवाका बस बाटोमा नै रोकिएका छन्।

पटकपटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दुरीका सवारीसाधनसमेत सञ्चालन हुन नसक्दा यात्रीले सास्ती भोग्नुपरेको छ।

बिहानैदेखि डिभिजन सडक कार्यालय बैतडी पाटनको स्काभेटरले पहिरो पन्छ्याए पनि ठूलो ढुंगा फुटाउन ढुंगा फुटाउने स्काभेटर आएपछि मात्र ढुंगा हटाएर बाटो सञ्चालन गर्न सकिने सुपरभाइजर गणेश बोहराले जानकारी दिए। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 28, 2024| 13:11 बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्