शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्रीले दिए गृहसचिवलाई निर्देशन

प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्रीले दिए गृहसचिवलाई निर्देशन

 |  बुधबार, भदौ १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १२, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङको नागरिकता चाँडो बनाउने गरी सहजीकरण गर्न गृहसचिवलाई निर्देशन दिएका छन्।

National life

गृहसचिव एकनारायण अर्याललाई मंगलबार राति आफ्नो निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता बनाउन निर्देशन दिएका हुन्।

यसबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले आफूले प्रकाशलाई टेलिफोन गरी बुझ्दा पहिलो प्राथमिकता नागरिकता नै रहेको बुझेपछि तत्काल गृहसचिवलाई बोलाएर त्यसका लागि पहल गर्न भनेको उल्लेख गरेका छन्।

गृहसचिव अर्यालले पनि तीन चार दिनभित्रै प्रकाशलाई नागरिकता दिलाउने गरी सहजीकरण गर्ने बताएको प्रधानमन्त्री ओलीले बताएका छन्। उनले प्रकाश र हेर्ने कथाको टिमसँग भेट्ने इच्छा पनि व्यक्त गरेका छन्।

हेर्ने कथाको टिमले प्रकाशलाई उनको परिवारसँग पुनर्मिलन गराएको थियो।

Shivam cement

herne-katha-1724755265.jpeg
 

प्रकाशित: Aug 28, 2024| 09:21 बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्