शुक्रबार, पुस ४, २०८२

पत्रकार अधिकारीलाई ज्यान मार्ने धम्की, फेसबुकमा गरे अपिल

 |  बुधबार, भदौ १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १२, २०८१

काठमाडौं- पत्रकार लेखनाथ अधिकारीले आफू असुरक्षित भएको भन्दै ज्यान रक्षाको अपिल गरेका छन्। फेसबुकमा हस्तलिखित नोट राख्दै उनले आफ्नो ज्यान खतरामा रहेको जानकारी दिएका हुन्।

National life

'मलाई गएको केही सातादेखि मार्ने भन्दै केही मानिसहरुले निरन्तर फलो गरिरहेका छन्। नेपालमा मान्छे मार्ने भन्दै त्यसरी फलो गर्ने अधिकार उनीहरुलाई कसले दियो ? मैले यसबारे गौशाला प्रहरीमा गएको साउन २७ गते निवेदन दिए पनि वास्ता गरिएन। उल्टो मलाघ मानसिक रोगी भनेर गलत प्रचार गर्न खोजिएको छ। यो कुरा म विश्व स्तरको cognitive test गरेर प्रमाणित गर्न सक्छु। त्यसैले ममाथि भइरहेको अत्याचारको बारेमा आम जनसमुदायले चासो दिएर छानबिनका लागि दबाब दिनुहुन अनुरोध गर्दछु,' अधिकारीले भनेका छन्।

त्यसैगरी अर्को नोटमा उनले भनेका छन्, 'ममाथि भयानक ठूलो देशी विदेशी षड्यन्त्र भएको छ। म जहाँ गएर पनि जवाफ दिन तयार छु। षड्यन्त्रकारीलाई कारबाहीको लागि आम जनसमुदायलाई अनुरोध गर्दछु।'

अधिकारी केही वर्षयता अमेरिका बस्दै आएका थिए। अहिले भने उनी काठमाडौंमा छन्। नेपाल समाचारपत्रको सम्पादक भएर काम गरेका उनले पछिल्लो समय बाह्रखरी अनलाइनमा काम गरेका थिए। उनी परराष्ट्र मामिलामा रिपोर्टिङ गर्थे। अधिकारीकी पत्नी यशोदा तिम्सिना पूर्वपत्रकार र सूचना आयोगकी पूर्यआयुक्त हुन्। उनी पत्रकार महासंघकी उपाध्यक्ष पनि भएकी थिइन्। गत वर्षदेखि उनी छोराछोरीसहित अमेरिका बस्दै आएकी छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 28, 2024| 07:53 बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्