बिहीबार, भदौ ४, २०८३

भारत पुर्‍याएर मिर्गौला बेच्ने समातिए

 |  मंगलबार, भदौ ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

भारत पुर्‍याएर मृगौला तस्करी गरेको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का ४२ वर्षीय शान्तमिाया घलान छन्। खत्रीलाई भदौ ९ र घलानलाई ११ गते पक्राउ गरिएको हो।

उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ९ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । गत माघको अन्तिममा उनीहरुले एक व्यक्तिलाई कोलकत्ता पुर्‍याएर मृगौला झिकेको आरोप छ ।

उनीहरुले आर्थिक अवस्था कमजोर भएका २८ वर्षीय एक पुरुषलाई १० लाख रुपैयाँको प्रलोभन देखाएर भारत पुर्‍याई मृगौला झिकेको पाइएको छ।

प्रकाशित: Aug 27, 2024| 21:12 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्