शुक्रबार, पुस ४, २०८२

अवैध रुपमा अमेरिका जान लागेका १७६ नेपाली ब्राजिलमा रोकिए

 |  मंगलबार, भदौ ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

काठमाडौं- अवैध रुपमा संयुक्त राज्य अमेरिका जान लागेका १७६ जना नेपाली ब्राजिलमा रोकिएका छन्।

National life

ब्राजिलस्थित नेपाली राजदूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै १७६ जना नेपाली साउपाउलो विमानस्थलमा रोकिएको जानकारी गराएको छ।

उनीहरु सकुशल रहेको र आवश्यकताअनुसार उनीहरुका लागि मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको दूतावासले जनाएको छ।

‘हालै ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएको भन्ने समाचारप्रति यस दूतावासको ध्यानाकर्षण भएको छ। ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिकहरु सकुशल रहेका छन् र आवश्यकताअनुसार निजहरुलाई मानवीय सहायता पुर्‍याउन दूतावास तयारी अवस्थामा रहेको छ,’ दूतावासले भनेको छ।

मानव तस्करहरुको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भन्दै जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन दूतावासले अनुरोध गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 27, 2024| 19:51 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्