शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बिलबीजक नभएका एक करोड ३१ लाखभन्दा बढी मूल्यका सामान बरामद

 |  मंगलबार, भदौ ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

पर्सा- वीरगञ्जमा एक करोड ३१ लाख १५ हजार छ सय ९८ रूपैयाँ मूल्य पर्ने बिलबीजक नभएका औषधि तथा लत्ताकपडासहितका सामान बरामद गरिएको छ।

himalayan bank box

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-८ स्थित घण्टाघरबाट बिलबीजकभन्दा धेरै सामान बोकेका दुईवटा ट्रकसहितको सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

उनले बिलबीजकभन्दा धेरै सामान बोकेका ट्रकलाई आइतबार राति पक्राउ गरिएकामा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बताए।

प्रदेश ७-०१-००१ ख ३०८८ र ना ३ ख ५१६५ नंको मालवाहक ट्रकबाट कपडा, औषधि र खुद्रा मालवस्तु लोड गरी चितवन तथा कैलालीतर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: Aug 27, 2024| 17:31 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?

जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआइको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्का रूपमा लिने उल्लेख...