शनिबार, चैत २१, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जबाट ३४ तोला सुन र साढे १० किलो चाँदीसहित चारजना पक्राउ

नेपालगञ्जबाट ३४ तोला सुन र साढे १० किलो चाँदीसहित चारजना पक्राउ

 |  मंगलबार, भदौ ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

नेपालगञ्ज- नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ।

National life

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

उनका अनुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार रहेका छन्। बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ।

बर्दियाका एक जना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ।

ती व्यापारीले नेपालगञ्जबाट सामान किनेको बताएको र बिक्री गर्ने कालीगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए। रासस

kumari

प्रकाशित: Aug 27, 2024| 18:31 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्