शुक्रबार, पुस ४, २०८२

हेर्ने कथाको प्रभाव: प्रधानमन्त्री ओलीले खोजे प्रकाशलाई

 |  मंगलबार, भदौ ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

काठमाडौं- युट्युब च्यानल ‘हेर्ने कथा’मा ‘हराएका वर्षहरू’ शीर्षकमा प्रकाश तामाङ (काले मोक्तान) को कथा सार्वजनिक भएपछि सर्वत्र यसको चर्चा छ।  भिडियो प्रधानमन्त्री केपी ओलीले पनि हेरेका छन्।

National life

ओलीले प्रकाश तामाङ र हेर्ने कथाकी प्रस्तोता विद्या चापागाईंलाई भेटेर यस विषयमा कुरा गर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रकाश तामाङ (काले मोक्तान) को परिवारसँग मिलनको दृश्यले आँसु आयो। सोचें- यस्ता कति प्रकाशहरू वर्षौंदेखि हराएका होलान् ! एकपटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईं प्रभावशाली ‘स्टोरी टेलर’ हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरू कैयौं कथाहरू पनि हेरेको छु। विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्नेछु। यस मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !!’

प्रकाशित: Aug 27, 2024| 16:26 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्