शनिबार, असार १४, २०८२

पहिरोले दिक्तेल-हलेसी सडक अवरुद्ध

 |  मंगलबार, भदौ ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

vianetvianet

खोटाङ- मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-हलेसी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेस्थित नागी नजिक करिब ५० मिटर सडकमा आज बिहान पहिरो जाँदा सो सडक अवरुद्ध भएको हो।

अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाउने काम भइरहेको नगरप्रमुख विमला राईले जानकारी दिए। 'चुवाचुङबाट झरेको पहिरोले करिब ५० मिटरभन्दा लामो सडकखण्ड ओगटेको छ। पहिरो हटाउन बिहानैदेखि लागिपरेका छौँ', उनले भने, 'पूर्णरुपमा सडक सञ्चालन गर्न समय लाग्छ।' 

पहिरोले सडक अवरुद्ध भएपछि राजधानी काठमाडौंलगायत पूर्वी तराईका विभिन्न जिल्ला जाने यात्रु बाटोमै अलपत्र परेका छन्।सडक खुलाउन यात्रु आफै पनि लागि परेका छन्।

तुवाचुङबाट झरेको पहिरोसँगै ठूल्ठूला रुख र ढुंगा सडकमा थुप्रिएका छन्। पहिरो झर्ने क्रम रोकिएको छैन। उक्त स्थानमा विगत वर्षमा पनि पटक-पटक पहिरो जाने गरेको थियो। उक्त क्षेत्रमा कमेरो माटो भएकाले पहिरो निरन्तर जाने गरेको स्थानीय बासिन्दाले बताएका छन्। रासस

प्रकाशित: Aug 27, 2024| 15:58 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्