शनिबार, जेठ १६, २०८३

अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या

 |  मंगलबार, भदौ ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको छ।

National life

ह्युस्टनको एक कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको अमेरिकाबाट प्रकाशित हुने अनलाइन हिमालय खबरले जनाएको छ। कसले किन गोली हानेर हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। अमेरिकामा बाहिरबाट अध्ययनका लागि एफ वान भिसामा आउने विद्यार्थीलाइ ‘इन्टरनेसनल स्टुडेण्ट’ ले चिनिन्छ।

ती विद्यार्थी ह्युस्टनको हिलक्रप्ट स्थित अपार्टमेन्टमा बस्दै आएकी थिइन्। प्रहरीले अपार्टमेन्टमा छापा हानेर शव अस्पताललाई जिम्मा लगाएको छ। मृतकको नाम मुना पाण्डे भएको बताइएको छ।

सोमबार अपराह्न यो हत्या भएको अनुमान गरिएको छ। मृतकको नेपालमा रहेकी आमा र परिवारलाई खबर भैसकेको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले जानकारी दिएका छन्।

 

Shivam cement

प्रकाशित: Aug 27, 2024| 13:39 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्