शनिबार, जेठ १६, २०८३

पहिरो खस्दा हेटौंडा-काठमाडौं जोड्ने दुई सडक अवरुद्ध

 |  सोमबार, भदौ १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १०, २०८१
National life
Shivam cement

बागमती- वर्षासँगै खसेको पहिरोका कारण आज दिउँसोदेखि हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। 

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित सिस्नेरी कुलेखानी फर्पिङ काठमाडौं सडकखण्डमा वर्षाका कारण लेदो खसेर बाटो पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। 

कान्तिलोकपथस्थित मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्डमा पनि वर्षासँगै खसेको लेदोसहितको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध भएका दुवै सडकमा पहिरो हटाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। 

प्रकाशित: Aug 26, 2024| 20:08 सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्