शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बागमती नदीले सतर्कता तह पार गर्‍यो

 |  सोमबार, भदौ १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १०, २०८१

himalayan bank box
Metro Mart
vianet

काठमाडौं- काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ। अहिले दिउँसो २:४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ। 

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज सूचना जारी गर्दै पानीको मात्रा बढिरहेकाले बागमती–मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ। आज दिउँसोदेखि काठमाडौँ उपत्यकाको आसपास क्षेत्रमा भारी वर्षा भएको छ। 

यस्तै पछिल्लो एक घण्टामा गोरखाको बारपाक आसपास क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुने अनुमान रहेको उल्लेख गर्दै महाशाखाले बुढीगण्डकी र दरौँदी नदीलगायत आसापासका खोलामा बहाव बढ्नसक्ने चेतावनी दिएको छ। पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको ढुङ्ग्रे, गोब्रे र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ। मेलम्ची, इन्द्रावती, र अन्य साना नदीमा जल सतह बढ्न सक्ने तथा भीरालो क्षेत्रमा पहिरो आउनसक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।  

प्रकाशित: Aug 26, 2024| 16:39 सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्