शनिबार, असार १४, २०८२

गुन्यु चोली जोगाउन बुलेटमा मेची-काली यात्रा

 |  सोमबार, भदौ १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १०, २०८१

vianetvianet

कञ्चनपुर- महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्केकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गरेकी छन्।

भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गरेकी तिवारीले पाँचौं दिन आज पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गरेकी हुन्।

परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन विस्तारै हराउँदै जान थालेकाले जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्कनुपरेको उनले बताइन्। “संस्कृति र पहिचान पोसाकबाट पनि झल्की छ, त्यो नै हरायो भने पहिचान गुम्छ। त्यसैले गुन्यु चोली लगाएर यात्रा गरेको हुँ”, उनले भनिन्।

झापाको बुद्धशान्ति–३ बस्ने तिवारीलाई कालिका लाइन्स क्लब महेन्द्रनगरकी अध्यक्ष तथा समाजसेवी हेलन श्रेष्ठले स्वागत गरेकी थिइन्।
 

प्रकाशित: Aug 26, 2024| 07:44 सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्