शनिबार, पुस ५, २०८२

भरतपुरमा बसाइँ सरी आउनेको चाप बढ्दो

 |  सोमबार, भदौ १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १०, २०८१

चितवन- भरतपुर महानगरपालिकामा भएको तीव्र विकाससँगै यहाँ बसाइँ सरेर आउनेको सङ्ख्या बढ्दो पाइएको छ।

National life

गत आर्थिक वर्षमा महानगरपालिकामा विभिन्न जिल्लाबाट सात हजार नौ सय १२ परिवार बसाइँ सरी आएका छन्। त्यसैगरी दुई हजार पाँच सय ७६ परिवारले बसाइसराइँ दर्ता गराएको महानगरको तथ्यांक छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार यहाँबाट बसाई सरी अन्यत्र जानका लागि एक हजार दुई सय १५ परिवारले दर्ता गराएका छन्। यन्यत्र जाने परिवारको सङ्ख्या दुई हजार आठ सय १४ रहेको छ। महानगरको सहरी क्षेत्रमा बसाई सरेर घर बनाउनेको सङ्ख्या उच्च छ।

जनगणना २०७८ अनुसार महानगरभित्र ३६ हजार नौ सय ३९ घरधुरी छ। महानगरपालिकामा रहेका घरधुरीमध्ये ३३ हजार सात सय २५ घरधुरीको व्यक्तिहरु वैदेशिक रोजगारीमा छन्। विशेष गरी गोरखा, लमजुङ्, तनहुँ, बाग्लुङ गुल्मीलगायतका जिल्लासँगै छिमेकी पालिकाबाट समेत बसाई सरी आउने गरेको महानगर उपप्रमुख चित्रसेन अधिकारीले बताए।

उनका अनुसार महानगरका वडा नं १०, ११, १२, ७, ८ र ९ वडाका बजार क्षेत्रहरुमा बसाइँ सरेर आउने बढी छन्।

Laxmi sunrise bank
kumari

कतिपय छिमेकी जिल्लाबाट बसाइँ सरेर आएका परिवारहरु महानगरका ग्रामीण क्षेत्रमा आइ कृषि तथा पशुपालन पेशामा समेत संलग्न रहेको उनको भनाइ छ। रासस

प्रकाशित: Aug 26, 2024| 07:01 सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्