बुधबार, चैत २५, २०८२

विपद्‍मा परी हालसम्म २०३ जनाको मृत्यु

 |  आइतबार, भदौ ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ९, २०८१

काठमाडौं- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म २ सय ३ जनाको मृत्यु भएको छ।

National life

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २८ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय ३ जनाको मृत्यु भएको हो।

साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ६२ जना र सुदूरपश्‍चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ५१ जना घाइते भएका छन्।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ सय १ जना गरी जम्मा २ सय १० जनाको उद्दार गरिएको छ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५४ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ।

kumari

बाढीको कारण जम्मा ४ सय ८ घर डुबानमा परेका छन्। ३ सय ६४ वटा घर, १ सय २३ वटा गोठ, ५२ वटा पुल, ६ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ९ सय २४ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्‍का घटनाबाट ६ हजार ४४ घर परिवार विस्थापित भएका छन्।

प्रकाशित: Aug 25, 2024| 18:00 आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्