शनिबार, मंसिर १५, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, ३५ भन्दा बढी घाइते

Siddartha premir insuranceSiddartha premir insurance

भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, ३५ भन्दा बढी घाइते

 |  आइतबार, भदौ ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ९, २०८१

नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटनामा परेको छ। भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार राति भएको उक्त दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३ मूर्तिपलियाका ४५ जना घाइते भएका छन्। 

himalayan bank box

उक्त बसमा २५ महिला र ६ बालबालिकासहित ४७ तीर्थयात्री सवार थिए। तीन जना गम्भीर घाइते छन्। दुई जना सकुशल रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाका अनुसार गम्भीर घाइतेमा देवनारायण पण्डित, सुवोध साह तेली र नौ वर्षीया बालिका रहेका छन्। ना७ख ६४४६ नम्बरको देव दर्शनको सो बसलाई ट्रकले पछाडीबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएको उहाँले बताउनुभयो। सबै तीर्थयात्री बिहारको देवघर बाबाधाम तीर्थाटनका लागि गएका थिए। 

‘बस दुर्घटनामा परेका सबै बारागढी गाउँपालिका–३ मूर्तिपलियाका  रहेको जानकारी पाइएको छ’, प्रहरी नायव उपरीक्षक सापकोटाले भन्नुभयो। घाइतेको समस्तीपुरस्थित सदर अस्पताल र अन्य नीजि क्लिनिकमा उपचार भइरहेको उनले बताए। 

भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिबार बिहान ११ बजे रक्सौल नाका हुँदै भारत प्रस्थान गरेको थियो। त्यसअघि उनीहरुले गाउँमा सामुहिक पूजापाठसमेत गरेका बताइएको छ। सो बस बारागढी–१ का राजाराम साहको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Aug 25, 2024| 15:27 आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्