शनिबार, असार १४, २०८२

रामेछाप पहिरोका मृतक ६ जनाको पहिचान खुल्यो, अझै ४ बेपत्ता

 |  आइतबार, भदौ ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ९, २०८१

vianetvianet

रामेछापको दोरम्बाको शैलुङ गाउँपालिका वडा नम्बर ३ मा गए राति पहिरोले तीन घर पुरिँदा ६ जनाको मृत्यु भएको छ। पहिरोमा चार जना हराइरहेका छन् भने एक जना बालिकाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नम्बर ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिनाका छोरा आयुष,  ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु भएको हो।

११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन्। पहिरोमा परी ७५ वर्षीया फड्की पहरी, ५५ वर्षीय काले पहरी, ५४ वर्षीया झ्याउँकिरी पहरी, २३ वर्षीया बिन्दा पहरी हराइरहेको प्रहरीले जानकारी दिएको छ।

गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिएको जानकारीअनुसार शनिबार पहिरो खसेको हो। पहिरो खसेको थाहा पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका थिए। पहिरोले वडा नम्बर २ र ३ को सिमाना भएर बग्ने खोलाको पक्की पुल पनि बगाएको छ। लेदोसहितको पहिराले ढोइगाउँ खोलाको पुल बगाएको हो।

प्रकाशित: Aug 25, 2024| 12:27 आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्