शुक्रबार, पुस ४, २०८२

झापामा नाबालिगमाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

 |  आइतबार, भदौ ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ९, २०८१

झापामा १५ वर्षीया नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। झापाको अर्जुनधारा नगरपालिका-५ मा किशोरीलाई सात जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ।

National life

घटनामा संलग्न एक फरार छन्। शुक्रबार राति ती युवाले किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ।

बलात्कारको घटनामा संलग्न आरोपमा अर्जुनधारा नगरपालिका-५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा-८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर पक्राउ परेका छन्। अर्जुनधारा-८ का १९ वर्षीय सुनील राजवंशी र सुदीप श्रेष्ठ र सुजन डाँगीलाई पनि पक्राउ गरिएको छ।

उनीहरुले शुक्रबार राति अर्जुनधारा-८ नयाँ बजारस्थित बाख्रा हाटको फलैंचामा ती बालिकालाई बलात्कार गरेका थिए। पीडित बालिकाको उपचार भइरहेको छ।

प्रकाशित: Aug 25, 2024| 11:37 आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्