शनिबार, असार १४, २०८२

महोत्तरीमा वडाध्यक्ष मृत भेटिए

 |  आइतबार, भदौ ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ९, २०८१

vianetvianet

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष मुकेश यादव मृत अवस्थामा भेटिएका छन्। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार यादवलाई आइतबार बिहान जलेश्वर बर्दिबास सडक खण्डअन्तर्गत बर्दिबास नगरपालिका-८ स्थित औरही कल्भर्ट नजिक मृत अवस्थामा भेटिएको हो।

उनी सवार मोटरसाइकल पनि सडककै छेउमा फेला परेको छ। उनी सडक दुर्घटनामा परेको अनुमान छ। सडक छेउमा रहेको कलभर्ट माथिको पर्खालमा मोटरसाइकल ठोक्किएको देखिन्छ। वडाध्यक्षको शव कलभर्ट मुनि फेला परेको छ। घटनास्थलको मुचुल्का गरेर अनुसन्धान अघि बढाएको छ।

यादव नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। 

प्रकाशित: Aug 25, 2024| 09:22 आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्