शनिबार, जेठ १६, २०८३

सुनकोशीमा खसेको गाडी निकालियो, तीन जना यात्रु अझै बेपत्ता

 |  आइतबार, भदौ ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ९, २०८१

सुनकोशी नदीमा खसेर बेपत्ता भएको जिप गोताखोर र स्थानीयको टोलीले फेला पारेका छन्। त्यसमा सवार तीन जना यात्रु भने अझै बेपत्ता छन् ।

National life

खोटाङको हलेसीबाट काठमाडौं आउँदै गरेको जिप मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुले नजिकबाट सुनकोशीमा शनिबार खसेको थियो। जिपमा रहेका एक जनाले भने हाम्फालेर ज्यान जोगाएका छन् ।

प्रहरीका अनुसार सुनकोशीको बहावमै प्र. नं ३ –०१–०२३ च ६३६६ नम्बरको जिप फेला परेको हो। जिपलाई क्रेनले तानेर किनारमा ल्याइएको छ।

आइतबार बिहानैदेखि बेपत्ता व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट प्रहरी निरीक्षक दिनेश देउजाको कमान्डमा १० जनाको गोताखोर टोली परिचालन भएको छ। नदीको बहाव बढी भएको र धमिलो भएकाले खोजी कार्यमा कठिनाइ भएको छ।

जिप पल्टिन थालेपछि हाम्फालेका भक्तपुर सूर्यविनायक नगरपालिका जगातीका २७ वर्षीय सुशान्त कक्षपतीले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। सुनकोशी नदीमा खसेर बेपत्ता हुनेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका जगातीका ३२ वर्षीय चालक अविन बडे, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेका छन्। 

Shivam cement

प्रकाशित: Aug 25, 2024| 08:57 आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्