पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ कोइरालेमा सुक्खा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ।
सडक माथिबाट सुक्खा पहिरो झर्दा राजमार्गमा दुईतर्फी नै सवारी आतजावत बन्द भएको हो।
शुक्रबार रातिदेखि पटक-पटक यो ठाउँमा पहिरो गइरहेको छ। निर्माणाधीन सडक आयोजनाको मेसिन प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ।
पहिरोको कारण काठमाडौं प्रवेश गर्ने र बाहिरिने सयौं सवारी रोकिएका छन्। निर्माणाधीन सडकमा बेलाबेला पहिरो झरेर बाटो अवरुद्ध हुने गरेको छ। साना सवारी साधनहरूले भने गल्छी-नुवाकोट सडक खण्ड प्रयोग गरेका छन्।