शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • थामे बाढीको राहत र पुनर्स्थापनाका लागि काठमाडौं महानगरको २० लाख सहयोग

थामे बाढीको राहत र पुनर्स्थापनाका लागि काठमाडौं महानगरको २० लाख सहयोग

 |  शुक्रबार, भदौ ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ७, २०८१

vianetvianet

काठमाडौं महानगरपालिकाले बाढी प्रभावित गाउँपालिकालाई राहत र पुनर्स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

महानगरपालिकाका प्रमुख एवं महानगर विपद् व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा शुक्रबार बसेको बैठकले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

गत साउन ३२ गते दिउँसो साढे १ बजे खुम्बुको थामेमा हिमपहिरो फुट्दा गेग्रान र ढुंगासहित आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, दुई वटा होटेल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रूपमा क्षति भएको थियो। ९५० किलोवाट क्षमताको जलविद्युत् परियोजनामा क्षति पुगेको थियो। फुटेको हिमताल थामे बजारबाट करिब ९ किलोमिटर टाढा छ।

यस्तै, पदमार्ग भत्किएर थामे र टोकटोकेको आवागमन अवरुद्ध भएको थियो। जोरसल्ले र फाक्दिङ्लगायत बस्तीमा जमिन कटान गरेको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भएपछि ग्लेसियर र पर्माफ्रोस्ट पग्लिएर हिमताल विस्फोट भएको बताएको छ।
 

प्रकाशित: Aug 23, 2024| 18:24 शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्