शुक्रबार, पुस ४, २०८२

मुस्ताङको छिप्लुङमा हिमपहिरो, प्रशासनद्वारा अलर्ट जारी

 |  शुक्रबार, भदौ ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ७, २०८१

काठमाडौं- मुस्ताङको थासाङ-२ बोक्सी खोलामाथि शुक्रबार दिउँसो हिमपहिरो गएको छ।

National life

मुस्ताङको थासाङस्थित मानापाथी हिमालको फेदबाट मुलिखर्क हुँदै खसेको हिमपहिरोले बोक्सी खोला थुनिएको छ।

बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो। मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा बोक्सेखोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका–२ कोवाङका वडा अध्यक्ष गौतम शेरचनले बताए। 

‘शुक्रबार दिउँसो करिब १:३० बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको हो,’ उनले भने, ‘हिउँको थुप्रोले खोलामा पानीको मात्रा घटेको छ।’

जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्सेखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ। आसपासमा बस्ती नभएपनि बेनी–जोमसोम सडक बोक्सेखोला किनारमा पर्दछ। 

Laxmi sunrise bank
kumari

कोवाङमा रहनुभएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो थुप्रिएको ठाउँमा शसस्त्र प्रहरीको टोली पठाएको बताए। ‘ड्रोनबाट हिमपहिरो थुप्रिएको ठाउँको अवलोकन गर्दा खोला थुनिएर तलाउ बनेको नदेखिएकाले जोखिम कम हुने अनुमान गरेपनि सतर्कता अपनाउनुपर्ने छ,’ उनले भने, ‘बेनी–जोमसोम सडकमा यात्रा गर्नेलाई बोक्सेखोला छेउछाउमा सतर्कता अपनाउन आग्रह गरिएको छ।’

खोलाको छेउछाउ चराउन लगिएका बस्तुभाउ र घाँसदाउरा गर्न गएका किसान पनि सुरक्षित ठाउँतर्फ गएका छन्।

प्रकाशित: Aug 23, 2024| 15:53 शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्