शुक्रबार, पुस ४, २०८२

बाढीका कारण कञ्चनपुरमा १ अर्ब ६७ करोड रुपैयाँबराबरको क्षति

 |  शुक्रबार, भदौ ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ७, २०८१

कञ्चनपुर- असार तेस्रो साताको बाढीबाट कञ्चनपुरमा १ अर्ब ६७ करोड रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो।

National life

'बाढी र डुबानबाट भएको क्षतिको मूल्यांकन गरेर यहाँका कार्यालयहरुलाई विवरण पठाउन भने बमोजिम हामीलाई क्षतिको विवरण प्राप्त भएको छ। जिल्लाभर १ अर्ब ६७ करोड १० लाख २१ हजार ४ सय २९ मूल्य बराबरको क्षति भएको छ', निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले भने। 

कृषि क्षेत्रमा ६५ करोड ४० लाख ८३ हजार ५ सय ४६ रुपैयाँ बराबरको क्षति भएको छ भने महाकाली सिँचाइ व्यवस्थापन कार्यालयमा २९ करोड २२ लाख, महाकाली सिँचाइ तेस्रो चरण कार्यालयमा दुई करोड ३२ लाख ५२ हजार नौ सय, सडक डिभिजन कार्यालयमा तीन करोड ८८ लाख ७० हजार, पूर्वाधार विकास कार्यालयतर्फ सात करोड १९ लाख ७५ हजार बराबरको क्षति भएको छ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा र २२ लाख, जनताको तटबन्ध कार्यालयको ४७ करोड ४२ लाख ८३ हजार नौ सय ८३, घरेलु तथा साना उद्योग कार्यालयको १७ लाख ६५ हजार, कृषि ज्ञान केन्द्रको ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ र पशुधनमा एक करोड २३ लाख ९१ हजार गरी जम्मा १ अर्ब ६७ करोड १० लाख २१ हजार ४ सय २९ बराबरको क्षति भएको छ।

बाढीका कारण कञ्चनपुरमा चारजनाको मृत्यु भएको थियो। असार २३ र २४ गते कञ्चनपुरमा भीषण वर्षा भएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि त्यति धेरै पानी कहिल्यै परेको थिएन।

Laxmi sunrise bank
kumari

भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले पनि कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो। रासस

प्रकाशित: Aug 23, 2024| 20:31 शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्