शुक्रबार, पुस ४, २०८२

मर्स्याङ्‍दीमा खसेको बसबाट १४ जनाको शव निकालियो, उद्धार जारी

 |  शुक्रबार, भदौ ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ७, २०८१

काठमाडौं- तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। घटनास्थलबाट १४ जनाको शव निकालिएको तनहुँ प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ।

National life

पोखराबाट काठमाडौं हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो।

तनहुँ प्रहरीका अनुसार आज बिहान साढे ११ बजेतिर आँबुखैरेनीनजिकै ऐना पहराबाट बस नदी किनारमा खसेको हो। बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन।

गत महिना चितवनको सिमलतालमा दुइटा यात्रुवाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा खस्दा दर्जनौं मानिसको मृत्यु भएको थियो।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 23, 2024| 12:50 शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्