शुक्रबार, पुस ४, २०८२

युपीको बस मर्स्याङ्‍दीमा खस्यो, ठूलो हताहती भएको अनुमान

 |  शुक्रबार, भदौ ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ७, २०८१

काठमाडौं- तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको एउटा बस खसेको छ।

National life

तनहुँ प्रहरीका अनुसार आज बिहान साढे ११ बजेतिर आँबुखैरेनीनजिकै ऐना पहराबाट बस नदी किनारमा खसेको हो।

पोखरादेखि काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बसमा करिब ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ। ठूलो संख्यामा यात्रु हताहत भएको अनुमान छ। अहिले उद्धार जारी छ।

प्रमुख जिल्ला अधिकारी, एसपी र अन्य सुरक्षाकर्मी घटनास्थलतर्फ जाँदैछन्। घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिन सडक खण्डमा पर्छ।

प्रकाशित: Aug 23, 2024| 12:46 शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्