आइतबार, मंसिर २८, २०८२

उत्तराखण्डमा चार जना नेपालीको मृत्यु

 |  शुक्रबार, भदौ ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ७, २०८१

भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयागमा गएको पहिरोमा परी चार जना नेपालीको मृत्यु भएको छ।   

National life

मृत्यु हुनेहरुमा चितवनका हरकसिंह बहादुर, पूर्ण नेपाली र कृष्ण परियार तथा दैलेखका खड्गबहादुर रहेको बताइएको छ।

मुसलधारे वर्षापछि आएको पहिरोमा उनीहरुले ज्यान गुमाएका हुन्। चारै जनाको शव भारतीय एसडीआरएफले संकलन गरिसकेको नवभारत टाइम्सले उल्लेख गरेको छ। बिहीबार राति भारी वर्षापछि पहिरो गएको थियो।

पहिरोमा उनीहरु फसेका थिए। उद्धारको पहल भए पनि वर्षा र पहिरो छिचोल्दै ढिलो गरी घटनास्थलमा उद्धार टोली पुगेको थियो।

प्रकाशित: Aug 23, 2024| 12:39 शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्