बिहीबार, भदौ ४, २०८३

मर्स्याङ्‍दी नदीमा खस्यो भारतीय बस

 |  शुक्रबार, भदौ ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ७, २०८१

तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको एउटा बस खसेको छ।

तनहुँ प्रहरीका अनुसार आज बिहान साढे ११ बजेतिर आँबुखैरेनीनजिकै ऐना पहराबाट बस नदी किनारमा खसेको हो।

पोखरादेखि काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बसमा करिब ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी, एसपी र अन्य सुरक्षाकर्मी घटनास्थलतर्फ जाँदैछन्। घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिन सडक खण्डमा पर्छ।

प्रकाशित: Aug 23, 2024| 12:00 शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्