शुक्रबार, पुस ४, २०८२

टिकटक खुला गर्ने सरकारको निर्णय

 |  बिहीबार, भदौ ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ६, २०८१

काठमाडौं- सरकारले भिडियो सेयरिङ प्ल्याटफर्म टिकटक खुलाउने निर्णय गरेको छ।

National life

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो। टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन दिने भएको छ।

सरकारले १० महिनाअघि टिकटक बन्द गराएको थियो। तरपनि मानिसहरुले भीपीएन प्रयोग गरेर चलाइरहेकै थिए।

आज बिहानदेखि भने टिकटक भीपीएन बिना पनि चलिरहेको छ। सरकारले टिकटक खुला गर्ने निर्णय गरेसँगै यो चल्न थालेको हो।

गत वर्ष असोज २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमा प्रतिबन्ध लगाइएको थियो।

Laxmi sunrise bank
kumari

सरकारले प्रतिबन्ध लगाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १४ वटा दायर भएका छन्। सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गत मंसिर ५ मा सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गरी तत्काल कुनै ‘अपूरणीय क्षति नहुने’ भन्दै सरकारी निर्णय कार्यान्वयनमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

प्रकाशित: Aug 22, 2024| 19:19 बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्