शुक्रबार, पुस ४, २०८२

मोदीसँग भेटेर फर्केपछि के भनिन् परराष्ट्रमन्त्री राणाले ?

 |  बिहीबार, भदौ ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ६, २०८१

काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल र भारतका द्विपक्षीय संयन्त्रहरुमार्फत संवाद सुरु हुने विश्वास व्यक्त गरेकी छन्।

National life

भारत भ्रमणबाट फर्केपछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो भारत भ्रमणले दुई देशको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने बताइन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भएको भेटमा बाढीपहिरोले ल्याएको विपत्ती, एयर रुट, पञ्चेश्वर लगायतका मुद्दामा कुराकानी भएको उनले जानकारी दिइन्। ‘ध्यान दिएर सुन्नुभयो। नेपाललाई एकदमै माया गर्नु हुँदोरहेछ। यो कुराहरुमा अगाडि बढ्न आफ्नो देशको संयन्त्रलाई हाम्रै अगाडि अह्राउनुभयो,’ मोदीसँग भएको भेटबारे उनले भनिन्।

भारतले नेपालप्रति एकदमै सदाशयता देखाएको भन्दै उनले भनिन्, ‘जति पनि संयन्त्रहरु छन्, त्यो सबै सुचारु रुपमा सञ्चालन हुन्छ भन्ने आशा गर्छु।’

प्रकाशित: Aug 22, 2024| 17:34 बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्