शुक्रबार, पुस ४, २०८२

भूकम्पले चिरा परेको घर भत्किँदा २२ बाख्रा मरे

 |  बिहीबार, भदौ ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ६, २०८१

त्रिवेणी- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-१० बयाल्यामा बरुण धितालको घर भत्किँदा २२ बाख्रा मरेका छन्।

National life

गएराति धितालको घर भत्किँदा घरमा रहेका २२ बाख्रा पुरिएर मरेका हुन्। घरमा रहेका तीन बाख्रा भने घाइते अवस्थामा रहेको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए।

उनका अनुसार गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले घर चिराचिरा परेको थियो। सोही घर भत्किँदा बाख्रा मरेका हुन्। घरमा रहेका अन्तपात र भाँडावर्तनमा पनि क्षति पुगेको वडाध्यक्ष चन्दले जानकारी दिए।

घरपरिवार अस्थायी आवास (टहरो) मा बसेकाले मानवीय क्षति भने भएको छैन। अन्य क्षतिको विवरण संकलन भइरहेको वडाध्यक्ष चन्दले जानकारी दिए। रासस

प्रकाशित: Aug 22, 2024| 18:01 बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्