शुक्रबार, पुस ४, २०८२

ट्रान्सफर्मरमा समस्या आएपछि बिजुली उत्पादन बन्द

 |  बिहीबार, भदौ ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ६, २०८१

भजनी- कैलालीको जानकी गाउँपालिका-९ कटाक्षेमा निर्माण भएको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनामार्फत निर्माण भएको जलविद्युत् ट्रान्सफर्मरमा समस्या आएपछि एक महिनादेखि बन्द अवस्थामा रहेको हो।

National life

विद्युत् गृहको ३३ केभी पिटी ट्रान्सफर्मर जलेपछि विद्युत् उत्पादन एक महिनादेखि बन्द छ। जलेको सामान नेपाल बाहिरबाट ल्याउनुपर्ने हुँदा पुनः सञ्चालन गर्न समय लागेको बताइएको छ।

'नेपालमा सामान पाइएन। भारतमा पनि उत्पादन गरेरै ल्याउनुपर्ने भएको हुँदा समय लागेको हो। तुन्दी निर्माण कम्पनीका उदयराज पोख्रेलले भने, 'पहिलेको पुरानो सामानको स्याम्पल पठाएपछि मात्रै सामान बन्यो। अब एक हप्ताभित्र सामान पुग्ने भनिएको छ। सामान जडान गरेर पुनः विद्युत् उत्पादनलाई निरन्तरता दिन्छौँ।'

पाँचपटकसम्म म्याद थप गरेर काम सम्पन्न गरेको निर्माण कम्पनीले अझै पनि क्षमता अनुसारको विद्युत् उत्पादन गर्न सकेको छैन। चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन क्षमता भए पनि अहिले तीन दशमलव १४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो। तीनवटा युनिटबाट विद्युत् उत्पादन गर्न सकिने भए पनि दुईवटा युनिटबाट मात्रै विद्युत् उत्पादन हुँदै आएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सूचना अधिकारी नवीन पौडेलले जानकारी दिए।

'पूर्णरुपमा अझै विद्युत् उत्पादन हुन सकेको छैन। क्षमताअनुसार विद्युत् उत्पादन भएपछि मात्रै त्यसको स्वामित्व सिँचाइ आयोजनाले ग्रहण गर्छ,' सूचना अधिकारी पौडेल भन्छन्, 'आउने पुससम्म निर्माण कम्पनीको सम्झौता अनुसारको समय छ। त्यो अवधिसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने भनेको छ।'

Laxmi sunrise bank
kumari

सो क्षेत्रबाट उत्पादन भएको विद्युत् २०८० फागुनमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। ३३ केभी लम्की सब स्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको निर्माण कम्पनीका साइट इन्चार्ज पोख्रेल बताउँछन्। रासस

प्रकाशित: Aug 22, 2024| 22:01 बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्