शुक्रबार, पुस ४, २०८२

सहकारी छानबिन समितिले रवि लामिछानेलाई सोधपुछका लागि बोलायो

 |  बिहीबार, भदौ ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ६, २०८१

काठमाडौं- रास्वपाका सभापति तथा सांसद रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको बारेमा सोधपुछका लागि संसदीय छानबिन समितिले बोलाएको छ।

National life

स‍हकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई सोधपुछका लागि शुक्रबार उपस्थित हुन भनेको हो।

पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा समितिले सोधपुछका लागि भदौ ७ गते शुक्रबार दिउँसो २ बजे उपस्थित हुन भन्दै पत्राचार गरिएको समिति सचिवालयले जनाएको छ।

लामिछानेभन्दा पहिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक रहेका छविलाल जोशीलाई सोधपुछमा बोलाइएको समिति सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: Aug 22, 2024| 16:10 बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्