शनिबार, जेठ १६, २०८३

भ्रष्टाचारको मुद्दामा हदम्याद मान्दैनौं: रवि

 |  बिहीबार, भदौ ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ६, २०८१
National life
Shivam cement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद राख्न नहुने बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले आफ्नो पार्टी ५ वर्षे हदम्यादको विक्षमा प्रष्ट रहेको बताए।

‘कतै यो पास हुने त होइन, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद लाग्ने त होइन भन्ने चिन्ता रहेछ। म सिंगो सदन र देशलाई जानकारी गराउन चाहन्छु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद लागू हुनेछैन। नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट ! ५ वर्षे लागू हुने छैन,’ सभापति लामिछानेले भने।

उनले हिजो साँझदेखि अहिलेसम्म विभिन्न युवाहरूले यही विषयलाई लिएर २ हजारभन्दा बढी फोन आफ्नो मोबाइलमा आएको बताए। ‘हिजो साँझदेखि अहिलेसम्म मेरो टेलिफोनमा लगभग २ हजारभन्दा बढी टेलिफोन कल आएका छन्। अधिकांश युवाहरूले फोन गरेका छन्। सामाजिक सञ्जालमा एउटा भिडिओ बनेको रहेछ, जहाँ युवाहरूले चिन्ता व्यक्त गरेका रहेछन्,’ सभापति लामिछानेले भने, ‘भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद हुनका लागि सचेत हुन भिडियो बनाइएको रहेछ। त्यहाँ यी मान्छेहरू समितिमा छन्, उनीहरूलाई कल गर्नू भनेर भनिएको रहेछ। लगभग १ डेढ सय फोन मैले रिसिभ पनि गर्न भ्याएँ।’

प्रकाशित: Aug 22, 2024| 13:48 बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्