बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द

 |  बिहीबार, भदौ ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ६, २०८१

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी (रातो पासपोर्ट) रद्द भएको छ। बंगलादेशको अन्तरिम सरकारले हसिनासहित उनको कार्यकालका सबै सांसदको कूटनीतिक राहदानी रद्द गरिदिएको हो।

कूटनीतिक राहदानी वाहकलाई विभिन्न मुलुकमा प्रवेशाज्ञा बिना यात्रा अनुमति प्राप्त हुन्छ। हसिना हाल भारतमा निर्वासित जीवन बिताइरहेकी छन्। उनीविरुद्ध बंगलादेशमा कैयौं आपराधिक मुद्दाका उजुरी दर्ता भएका छन्। ती उजुरी न्यायिक सुनुवाइको प्रक्रियामा अघि बढ्दै गर्दा बंगलादेशले हसिनालाई फिर्ता पठाउन भारतलाई दबाब दिन सक्ने अनुमान गरिएको छ।

बंगलादेशको मुख्य विपक्षी दल ‘बीएनपी’ले हसिनालाई प्रत्यार्पण गर्न भारतसँग माग गरेको छ।

प्रकाशित: Aug 22, 2024| 12:52 बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्