शनिबार, मंसिर १५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

स्कुल पुग्न विद्यार्थीलाई यो सास्ती

 |  बिहीबार, भदौ ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ६, २०८१

himalayan bank box
Metro Mart
vianet

गोदावरी (कैलाली)- चुरे गाउँपालिका–४ भएर बग्ने काले खोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन्। वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन्।

काले खोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल पुर्याउने र ल्याउने गर्दै आएका छन्। विद्यार्थीले निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको शिक्षक मदन विकले बताए। उनले भने, “काले खोलामा पुल नहुँदा यस्तो बाध्यता परेको हो । ठूलो पानी पर्नेबित्तिकै केटाकेटी स्कुल नै आउँदैनन् ।”

गाउँलेहरूले वर्षौँदेखि कालेखोलामा झोलुंगे पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालय अनुरोध गरेका भए पनि त्यसको सुनुवाइ नभएको स्थानीय हेमबहादुर विष्टले बताए। चुरे–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले वडालाई प्राप्त हुने सीमित बजेटले सडक, पुल तथा तटबन्ध निर्माण गर्न नसकिएको बताए।्

प्रकाशित: Aug 22, 2024| 12:18 बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्