बुधबार, चैत २५, २०८२

भैंसीले बाघ मारेपछि...

 |  बिहीबार, भदौ ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ६, २०८१

मकवानपुरमा भैंसीको आक्रमणबाट बाघ मरेको छ। बिहीबार बिहान सवा ३ बजे मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत अवस्थामा भेटिएको हो।

National life

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैंसी भने घाइते भेटिएको छ। भैंसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।

मृत बाघ चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहा ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले लिएर गएको छ।

बाघ बुढो, असाध्यै दुब्लो र कमजोर भएकाले आक्रमण गर्न खोज्दा भैंसीले नै उसलाई हानेर मारिदिएको अनुमान छ। निकुञ्जका कर्मचारीका अनुसार जंगलमा सिकार गर्न नसक्ने अवस्थामा पुगेपछि बाघ बस्तीतिर छिरेको हुन सक्छ।

घटनास्थलमा मृत भेटिएको भाले बाघको घाँटीभन्दा तल्लो भागमा चोट लागेको छ। भैंसीलाई पनि चोट लागेको छ। 

kumari

प्रकाशित: Aug 22, 2024| 11:00 बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्