शुक्रबार, पुस ४, २०८२

नालीमा डुबेको भैंसी बचाउन खोज्दा चार दाजुभाइको मृत्यु

 |  बिहीबार, भदौ ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ६, २०८१

भारतको राजस्थानस्थित टोंक जिल्लामा नालीमा डुबेर चार दाजुभाइको मृत्यु भएको छ।

National life

नालीमा फसेको भैंसीलाई बचाउन खोज्दा उनीहरूको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। 

घटना टोंकको खुर्द गाउँमा भएको हो। चार दाजुभाइले नाला नजिक भैंसी लिएर गएका थिए। भैंसी नालामा खसेपछि बचाउन खोज्दा उनीहरु डुबेको बताइएको छ।

घटनाको जानकारी पाउनासाथ परिवारका सदस्य र ठूलो संख्यामा स्थानीयवासी घटनास्थलमा पुगेका थिए। घटनास्थलमा पुगेका मानिसहरूले भैंसीलाई बचाउन चार दाजुभाइमध्ये एकजना पानीमा पसेको हुन सक्ने अनुमान गरेका छन्। उनलाई डुबेको देखेर अरु दाजुभाइ पनि पानीमा हामफालेको हुनसक्ने अनुमान छ । 

प्रकाशित: Aug 22, 2024| 08:19 बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्