NadaNada
बिहीबार, भदौ ५, २०८२

फेरि चल्ने भयो टिकटक, क्याबिनेटले निर्णय गर्न बाँकी

 |  बुधबार, भदौ ५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ५, २०८१

vianetvianet

काठमाडौं- झन्डै एक वर्षअघि प्रतिबन्ध लगाइएको टिकटक फेरि चल्ने भएको छ। सरकारले टिकटक खुला गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ। मन्त्रिपरिषद्‍बाट भने यो निर्णय हुन बाँकी छ। भोलि बस्ने क्याबिनेट बैठकले निर्णय गरेसँगै देशभर टिकटक सहज रुपमा चल्नेछ। 

गत वर्ष असोज २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमा प्रतिबन्ध लगाइएको थियो।

सरकारले प्रतिबन्ध लगाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १४ वटा दायर भएका छन्। सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गत मंसिर ५ मा सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गरी तत्काल कुनै ‘अपूरणीय क्षति नहुने’ भन्दै सरकारी निर्णय कार्यान्वयनमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
 

प्रकाशित: Aug 21, 2024| 20:00 बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...