काठमाडौं- भक्तपुरको सूर्यविनायक नगरपालिकाले भदौ ६ गते बिहीबार सार्वजनिक बिदा दिएको छ।
सूर्यविनायक नगरपालिका वडा नम्बर ८ स्थित डोलेश्वर महादेव मन्दिरलाई केदारनाथको शिर घोषणा भएको दिनलाई स्थानीय पर्वको रुपमा मनाउन बिदा दिइएको हो।
बिहीबारका दिन नगरपालिकाको अत्यावश्यक सेवा बाहेक नगर कार्यपालिकाको कार्यालय र मातहतका कार्यालय एवं शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले जनाएका छन्।
२०६६ साल भदौ ६ गते केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएको थियो।