सोमबार, माघ १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता

लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता

 |  बुधबार, भदौ ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ५, २०८१

तनहुँ- बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन्।

National life

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर दुई करोड ५० लाखभन्दा बढी बक्यौता संकलन गरेको छ। उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर दुई करोड ६८ लाख ४५ हजार सातसय रूपैयाँ बक्यौता संकलन गरेको हो।

केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक हजार चार सय ३६ जना ग्राहकको लाइन काटिएकामा एक हजार दुई सय ७३ ग्राहकले बक्यौताबापतको रकम बुझाएका छन्। एक हजार चार सय ३६ ग्राहकबाट तीन करोड ५० लाख ५६ हजार छ सय ७४ बक्यौता उठ्नुपर्ने थियो तर, ७६ दशमलव ५७ प्रतिशत बक्यौता असुली भएको छ।

आर्थिक वर्ष २०७९/८० मा कार्यालयले नौ सय १८ ग्राहकको लाइन काटेकामा एक करोड ८४ लाख ६५ हजार चार सय ५२ रूपैयाँ बक्यौता संकलन गरेको थियो। उक्त आर्थिक वर्षमा सात सय ८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो। त्यतिबेला तीन करोड ६४ लाख ५७ हजार छ सय ८२ रूपैयाँ बक्यौता उठ्नुपर्ने थियो। 

केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड ९४ लाख ३१ हजार छ सय १३ रूपैयाँ बराबरको विद्युत बिक्री गरेको छ। रेग्मीका अनुसार त्यस अवधिमा ५४ करोड २० लाख ६० हजार दुई सय ७८ रूपैयाँ विद्युत रकम संकलन भएको थियो। केन्द्रले त्यस वर्ष सात दशमलव ९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२ दशमलव ७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको थियो।

Laxmi sunrise bank
kumari

विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नांगो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थपलगायत काम गरेको प्रमुख रेग्मीले बताए। रासस

प्रकाशित: Aug 21, 2024| 16:42 बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्