सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई लाइफको नायब प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

Siddartha premir insuranceSiddartha premir insurance

आइएमई लाइफको नायब प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

 |  बुधबार, भदौ ५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ५, २०८१

काठमाडौं- आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन् ।

triton college

आइएमईको स्थापनादेखि विभिन्न जिम्मेवारीमा रहेका पौडेल रेमिट्यान्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र  अन्तरदेशीय कारोबारमा दख्खल राख्छन् ।

आइएमई ग्रुपले प्रवद्र्धन गरेका स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल सोलुसन लगायतका कम्पनीमा सञ्चालक रूपमा समेत पौडेलले काम गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका पौडेलले भारतको अहमदावादस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापनका विषयमा एक्जुकेटिभ कोर्स गरेका छन् ।

उनले अमेरिकास्थित  हार्भड केनेडी स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स पनि गरेका छन् ।

Metro Mart
vianet

 

प्रकाशित: Aug 21, 2024| 14:40 बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्