शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेशनल लाइफको अत्याधुनिक सुविधासम्पन्न भवनको वास्तु पूजा सम्पन्न

नेशनल लाइफको अत्याधुनिक सुविधासम्पन्न भवनको वास्तु पूजा सम्पन्न

 |  बुधबार, भदौ ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ५, २०८१

काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट वास्तु पुजा सम्पन्न भएको छ ।

National life

कम्पनीका अनुसार वास्तु पुजामा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित बरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

सो समारोहमा अध्यक्षले कम्पनीको यो भवन लुम्विनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको र यस भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गरिने योजना रहेको बताए
पुजामा सहभागि बरिष्ठ अभिकर्ताहरुले आफ्नो क्षेत्रमा कम्पनीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भवन निर्माणबाट यस क्षेत्रको बीमा व्यवसाय प्रवद्र्धन हुनेमा आपूmहरु विश्वस्त रहेको बताएका थिए ।

कम्पनीका अनुसार ७२ अर्व भन्दा बढि जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्स ले नियामक निकाय श्री नेपाल बीमा प्राधिकरणको स्वीकृतीमा भवन निर्माण गरेको हो ।

 

Shivam cement

प्रकाशित: Aug 21, 2024| 14:39 बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्