शनिबार, मंसिर १५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गुडिरहेको माइक्रोबसमा ढुंगा खस्दा दुईजना घाइते

 |  बुधबार, भदौ ५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ५, २०८१

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा  दुईजना घाइते भएका छन् ।

himalayan bank box

भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा काठमाडौँबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खस्दा देबचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार घाइते भएका हुन् । दुवैजना सोही माइक्रोबसका यात्रु हुन् ।

घाइते दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनीहरुको अवस्था सामान्य छ । माथिबाट ढुंगा खसेर माइक्रोबसमा समेत क्षति पुगेको छ । उक्त  सडक खण्डमा बर्षातको समयमा पटकपटक पहिरो जाँदा सडक अबरुद्ध हुनुका साथै मानविय क्षति हुँदै आएको छ ।

दुई दिनदेखि चितवन आसपासको क्षेत्रमा निरन्तर पानी परिरहेकाले अत्यावश्यक वाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित: Aug 21, 2024| 13:54 बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्