बिहीबार, पुस ३, २०८२

नेपालगञ्जको होटलबाट हिँडेका शिक्षक दुई सातादेखि बेपत्ता

 |  बुधबार, भदौ ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ५, २०८१

कर्णाली- जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन्। शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालय समाइलामा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन्।

National life

उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए। साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै हिँडेका आफन्त गोपी सिंहले जानकारी दिए।

“साउनमा विद्यालय बिदा भएकाले भारतमा म काम गर्ने मोडर्न फेसन सुपर मार्केटमा केही कपडा तथा सामग्री लिन जाउँ भनेर हामी १७ गते दैलेखी मीना होटलमा पुगेका हौं। जेठान दाइले जुम्लाबाट रु ४० हजार पठाउँदै हुनुहुन्छ भनेपछि पर्खिँदा धेरै बसाइँ भयो। २५ गते दिनभरि कोठामा सुतेर बेलुका ४ बजे बाहिरिएपछि उहाँ फर्कनुभएको छैन”, सिंहले भने।

गत साउन २६ गतेसम्म आउनुहुन्छ कि भनेर कुरेको बताउँदै धनबहादुर नआएपछि घरमा ससुराबुबा हंसबहादुर शाहीलाई खबर गरेको सिंहले बताए। ससुरा नेपालगञ्जमा आएर खोज्दा नभेटिएपछि आफैँ निवेदक भएर नेपालगञ्ज जिल्ला प्रहरी कार्यालयमा खोजीदिनका लागि उजुरी हालेको उनले बताए। यही भदौ २ गते नेपालगञ्जबाट जाजरकोट फर्किसकेका सिंहले सम्पर्कविहीन शाहीको खोजीमा सहयोग गरिदिन सबेलाई आग्रह गरे।

शिक्षक शाहीका बुबा हंसबहादुरले छोरा र ज्वाइँ गोपी सिंह सोही होटेलमा सँगै बसेको तर साउन २५ गते बाहिर गएर आउछु भनेर निस्किएको छोरा नफर्केको खबर पाएपछि आफू त्यही पुगेको बताए। उनले भने, “नेपालगञ्ज पुगेर जताततै खोजियो तर उसलाई भेटाउन सकिएन। फोन पनि बन्द छ। खाना खाएको रु १६ हजार नौ सय पुगेपछि ज्वाइँ गोपी छोरा आउने आशमा त्यही बस्नुभएको रहेछ।”

Laxmi sunrise bank
kumari

होटल धनीलाई पछि तिरौँला भन्ने भाका गरी घर फर्केको पीडित शाहीले दुखेसो पोखे। हराएको धेरै दिनसम्म सम्पर्कमा नआएपछि जतिसक्दो चाँडो खोजी दिन उनले प्रहरी प्रशासनलाई आग्रह गरे।

उक्त होटल धनी मीना सुनारले गत साउन १७ गते आफ्नो होटलमा पुगेका दुवै जना दश दिन जति होटलमा बसेका बताइन्। “साउन २५ गते शिक्षक शाही कतिबेला बाहिरिनुभयो थाहा पाएनौँ। उहाँ नफर्केपछि खोजी सुरु गरेका थियौँ”, उनले भनिन्, “दुवैले यहाँ बस्दा खाएको रु १६ हजार नौ सय उहाँको बुबा, श्रीमती र बहिनीले पछि तिरौँला भनी नागरिकतालगायत आवश्यक कागजात लिएर घर फर्किनुभएको छ। हराउनुभएका शाहीको आजसम्म कुनै खबर पाएका छैनौँ।”

 

प्रकाशित: Aug 21, 2024| 13:18 बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्